Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङका ४१ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने


    शुक्रबार, चैत्र १८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ।लमजुङका  ४१ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले २५ देखि ३० चैतसम्मको अवधिमा बालबालिकामा उक्त  खोप लगाउने तयारी गरेकाे  स्वास्थ्य  कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार जिल्लामा रहेका ४१ हजार २ सय १६ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ ।

    सरकारले २५ चैतदेखि १८ वैशाखसम्म खाेप अभियान गर्ने भए पनि लमजुङमा भने ६ दिनमात्र गर्ने भएकाे हाे । मुख अमर दवाडीका अनुसार १५ महिनादेखि ५ वर्षमुनिका पाँच हजार ७०५ जना र विद्यालयमा रहेका १५ वर्षसम्मका ३५ हजार ५११ जना बालबालिकालाई खोप दिइने भएको हो ।

    खोप अभियानमा ९८२ स्वयंसेवक परिचालन गरिनेछ । लमजुङमा विगत तीन वर्षको तथ्यांकानुसार बर्सेनि तीन हजार मानिसहरूमा टाइफाइड भएको पाइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार