Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीयले गरे मुड्खु–ककनी सडकखण्ड अवरुद्ध, फोहोर बोकेका टिपर फिर्ता


    शुक्रबार, चैत्र १८ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। मुड्खु–ककनी सडकखण्ड पिचको माग गर्दै स्थानियले तिनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका छन् । 

    स्थानियको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ । 

    यस्तै, बल्खु पुलबाट सुन्दरीघाटजाने सडकमा ग्याभ्रलिङको काम भइरहेका कारण उक्त स्थानमा संचालन हुने सवारी साधन प्रभावित भएका छन् । 

    ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने आउने सवारी साधनलाई आज पनि क्यान्सर अस्पताल–सानागाउँ–ईमाडोल—ग्वार्को हुँदै संचालन गरिएको छ । 
    उक्त स्थानमा सडक मर्मतका कारण सवारी साधनलाई डाइभर्सन गरिएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार