Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम पूर्वानुमान : न्यून चापीय प्रणाली प्रभाव 


    शुक्रबार, चैत्र १८ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १, माधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली छ ।

    दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

    राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

    शनिबार प्रदेश १,बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार