Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनचाँदी पसल लुटेराले गरे सञ्चालकमाथि आक्रमण


    शुक्रबार, चैत्र १८ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा। सुनचाँदी पसल लुट्न आएकाे समूहले पसल संचालकमाथि आक्रमण गरी घाइते बनाएकाे छ ।  
    रुपन्देहीको सैनामैना-१, रानवगियामा रहेकाे बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हताैडा प्रहार गरी पसलका संचालकलाई घाइते बनाएका हुन् । 
     बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने याेजना बनाएर आएकाे २ जनाकाे समूहले पसल संचालक माथि नै आक्रमण गरेका थिए ।  संचालक अन्दाजी वर्ष ३५का गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

    लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । 

    प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए । 

    उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न.३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार