Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसी हमलाः युक्रेनको आधा भूभाग बिस्फोटक पदार्थले प्रदूषित


    बिहिबार, चैत्र १७ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । रुसी हमलापछि युक्रेनको आधाभन्दा बढी भूभाग विस्फोटक पदार्थहरुले प्रदूषित बनेको युक्रेनी सरकारका एक मन्त्रीले दाबी गरेका छन् । 

    उप–आन्तरिक मन्त्री येभगेन येनिनले युक्रेनी क्षेत्रको करिब ३ ००, ००० वर्ग मिटर भूभाग रुसी हमलामा प्रयोग भएका विस्फोटक उपकरणहरूका कारण प्रदूषित भएको दाबी गरेका छन् । प्रदूषणबारे मन्त्री येनिनले दाबी गरेको तथ्यांकको स्वतन्त्र ढंगले पुष्टि हुन भने बाँकी नै छ ।  

    २४ फेब्रुवरीमा रुसी हमलापछि युक्रेनी विशेषज्ञहरूले ३०० बम विस्फोटक यन्त्रहरू र एउटा हवाई बम नष्ट गरेका छन् । उनीहरूले १४ हेक्टर क्षेत्र पनि खाली गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार