Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेदरल्यान्ड्समा रेस्टुरेन्टमा गोली चल्दा दुई जनाको मृत्यु


    बिहिबार, चैत्र १७ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी
    आम्सटर्डम । नेदरल्यान्ड्सको उत्तरी सहर ज्वोल्लेमा रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । ‘रेस्टुरेन्टमा भएका गोलीबारीका घटनामा दुई जनाको मृत्यु भएको छ’, डच प्रहरीले भनेको छ । 

    एउटा रेस्टुरेन्टमा खाना खाइरहेका बेला एक बन्दुकधारीले उनीहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली हानेको थियो । गोली प्रहारपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहक आतंकित बनेका थिए । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । 

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार