Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज चैत १६ गते बुधवारको राशिफल


    बुधबार, चैत्र १६ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं ।आज १६ चैत २०७८, तदनुसार ३० मार्च २०२२ बुधवार । यस्तो छ आजको भाग्यफल

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :

    धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख मिल्नेछ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :

    आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :

    सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :

    मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :

    परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :

    आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :

    मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ, तर सामाजिक र राजनैतिक सम्बन्ध राम्रो हुनेछ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :

    आज नयाँ र शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : 

    आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुने पनि छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : 

    लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । परीक्षामा सफलता पनि मिल्नसक्छ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : 

    आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार