Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरिता राईको मायालुको सम्झना बोलको गीत सार्वजनिक (हेर्नुस् भिडियो सहित )


    मंगलबार, चैत्र १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।गायक कृष्ण भक्त राई र गायिका श्रेयसी चेम्जोङको स्वरमा रहेको ‘मायालुको सम्झना ‘ गीतको भिडियो हाङ प्रोडक्सन मार्फत सार्वजनिक भएको छ ।

    गीतकार सरिता राईको शब्द रचना रहेको पुर्बेली भाकाको मायालुको सम्झना बोलको गीत भर्खरै बजारमा सार्बजानिक भएको हो । पुर्बेली लाेक भाकाको मायालुको सम्झना सालैजो भाकामा फ्युजन गरिएको गीतको म्युजीक भिडीयो आम दर्सक ले रुचाउनेमा निर्देशक हाङ चेम्जोङ आशावादी छन । लोकप्रिय संगीतकार डि. आर अटुको संगीतमा गीत तयार पारिएको छ ।

    ललितपुरको अत्ति मनोरम देउराली डाँडामा  रहेको  दृष्यलाई सुन्दर एवम कलात्मक रुपमा देखाइएको छ । गीतको भिडियोलाई इशाक जबेगुले छायाँङकन तथा सम्पादन गरेका हुन ।, नेम बाबु तामाङको कोरियोग्राफि , हाङ चेम्जोङको निर्देशनमा रहेको भिडियोमा लोकप्रिय कलाकारहरु उमेश राई , बिमला खजुमको नृत्य एवम अभिनय रहेको छ । गीतको पुरा भिडियो Haangs Production मा हेर्न सकिने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार