बिराटनगर, ३ चैत । नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोस पोखेका छन् । समाजसेवाका माध्यमबाट चर्चा कमाइरहेका काँग्रेस महासमिति सदस्य डा.शर्माले कोरोनाको संक्रमणमा अपनाउँनुपर्ने सावधानीप्रति नेताहरु संवेदनशील नभएको भन्दै पार्टी प्रवक्ता शर्माप्रतिको आक्रोस सामाजिक सञ्जालबाटै प्रकट गरेका हुन् ।
शर्माले कोरोना भाईरस सोझा निमुखा, गरिब जनतालाई मात्र लाग्छ, सांसद र नेतालाई लाग्दैन भन्दै प्रश्न गरेका छन् । ‘एयरकण्डिसन भएको भवन हो पार्लियामेण्ट, कांग्रेसका सांसदलाई संसदमा जानबाट किन नरोकेको ?’ प्रवक्ता शर्मालाई प्रश्न गर्दै उनले लेखेका छन ‘विद्यालय बन्द हुने, परिक्षा रोकिने तर सयौं बिशिष्ट व्यक्ति भेला हुने संसद चाहिँ नरोकिनुपर्ने कारण को हो ?’ जोसुकैको असावधानीले पनि कोरोनाको संक्रमण फैलनसक्ने हुनाले त्यसप्रति जनस्तरमा मात्र नभई केन्द्रिय नेता तथा सांसद पनि उत्तिकै सजग हुनुपर्ने उनको तर्क छ ।
कोरोनाको संक्रमण रोकथामका लागि पार्टीले सार्वजनिक कार्यक्रम बन्द गर्ने क्रममा गुटबन्दी र विभेद उदाङ्गो भएको उनले उल्लेख गरेका छन् । ‘नेतृ मञ्जु खाँडको सिराहा र जनकपुरको कार्यक्रममा कोरोना नआउने, बालकृष्ण दाइको ललितपुरको कार्यक्रममा कोरोना नआउने, अनि मोरङको भाउन्नेमा भएको कार्यक्रम, शेखर कोइराला र सुजाता कोइरालाले गरेको कार्यक्रममा मात्रै कोरोना आउने ?’ उनले प्रश्न गरेका छन् । ‘यो कस्तो कोइरालालाई मात्र लाग्ने कोरोना हो ?’ व्याङ्ग्यात्मक शैलीमा प्रश्न गर्दै उनले सवै कार्यकर्ताले बुझ्नेगरी जवाफ दिन प्रवक्ता शर्मालाई आग्रह गरेका छन् ।
कोरोनाले चिसियो झापाली दुई शर्माको सम्बन्ध
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र महासमिति सदस्य डा.सुनिल शर्मा दुवै झापाली हुन् । प्रवक्ता शर्मा कांग्रेसको उदीयमान नेताको रुपमा परिचित छन भने डा.शर्मा पनि राजनीतिसँँगै समाजसेवाका माध्यमबाट लोकप्रिय छन् । झापामा जन्मिएर मोरङलाई राजनीतिक कार्यक्षेत्र बनाएका डा.शर्मा कम्युनिष्टको ‘लालकिल्ला’ मानिने मोरङको क्षेत्र नम्बर ३ लाई ‘डेन्जर जोन’ मा परिवर्तन गराउन सफल बनेको भनेर पार्टीभित्र चर्चामा छन् ।
प्रतिनिधिसभा निर्वाचनमा ४० हजार ५ सय ६ मत ल्याएर बाम गठबन्धनका उम्मेद्वार एवं वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग झिनो मतान्तरले पराजित भएका डा.शर्मा आगामी निर्वाचनमा ‘लालकिल्ला’ तोड्ने दाउमा छन् । पार्टीभित्र शसांक, शेखर र सुजाता कोइरालाको विश्वासपात्र मानिने डा.शर्मा नेता कृष्णप्रसाद सिटौलासँग पनि नजिक छन् । उनले पार्टी प्रवक्ता शर्मालाई पनि ‘रोलमोडल’ नेता मान्दै आएका थिए । शर्माले सामाजिक सञ्जालमा ‘केहि अघिसम्म मेरो रोलमोडल नेता’ भनेर पार्टी प्रवक्ता शर्मालाई संबोधन गर्नाले पनि उनीहरुवीचको सम्बन्ध चिसिएको प्रष्ट हुन्छ । डा.शर्माले कोरोनाको बिषयमा प्रवक्ता शर्माप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमै सार्वजनिक गर्नुले पनि दुई झापाली शर्माबीचको सम्बन्ध चिसिएको छर्लङ्ग भएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend