काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार गर्दैछ । दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको चुनावी तालमेलको रणनीतिबारे निर्णय सार्वजनिक गर्न लागेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय सार्वजनिक हुने उनको भनाइ छ । गत शुक्रबारदेखि बसेको पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनबारे छलफल भएको छ । बैठकमा स्थानीय तहको चुनावमा सत्ता गठबन्धनका दलहरूबीच आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने पक्षमा धेरै मत देखिएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धनको पक्षमा उभिएका छन् । त्यसले गर्दा आवश्यकताको सिद्धान्तको आधारमा चुनावी तालमेलको निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।
पार्टीले आधिकारिक निर्णय सार्वजनिक गर्न बाँकी रहे पनि पार्टी सभापति, अन्य पदाधिकारी, शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । पार्टी सभापति देउवा, नेता रामचन्द्र पौडेल, पार्टीका प्रवक्ता डा.महतलगायत गठबन्धनको पक्षमा छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि कतै एक्लै त कतै आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गर्ने बताएका छन् ।
शीर्ष नेतादेखि, पदाधिकारी र अधिकांश केन्द्रीय सदस्य सभापति देउवा पक्षको लाइनमा उभिएका बेला नेता शेखर कोइरालाले भने एक्लै चुनाव लड्नुपर्ने अडान कायमै राखेका छन् । कोइराला आफ्नो सुरुदेखिकै अडानबाट पछि नहट्दा पार्टीको १४औं महाधिवेशनमा उनकै समूहबाट महामन्त्री बनेका गगन थापाले भने पार्टीको निर्णयविरुद्ध मत प्रकट नगर्ने बताएका छन् । चुनाव एक्लै लड्नुपर्ने कोइरालाको प्रस्तावलाई आफ्नै समूहका नेताले समेत साथ नदिएको देखिएको छ । मंगलबारको बैठकमा यही विषयमा छलफल गरेर निर्णय लिने तयारी छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सभापति देउवाले शेखर कोइराला समूहलाई पनि मिलाएर लैजाने गरी बीचको बाटो रोज्नुपर्ने बताए । उनले न्युज कारखानासँग कुरा गर्दै भने, ‘देउवाले नेता शेखर कोइराला, दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, दुई उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्कादेखि स्थानीय कार्यकर्तासम्मलाई सम्वोधन गर्दै मिलाएर लैजान सक्नुपर्छ ।’ स्थानीय नेता कार्यकर्ता पनि सबैजना गठबन्धनको पक्षमा नभएको भन्दै सवैको भावनाअनुरूप चुनावमा होमिनुपर्ने आचार्यको तर्क छ ।
यसअघि पार्टीमा देउवाले पेलेरै निर्णय गर्दै आएकाले यसपटक पनि कोइरालाको प्रस्तावलाई बेवास्ता गर्दै स्थानीय तहमा आवश्यकताको आधारमा चुनावी तालमेल गर्न सक्ने सम्भावना छ । चुनावी गठबन्धनका लागि संयन्त्र बनाउने तयारीसमेत भएको छ । देउवाले गठबन्धनमा जोड दिए पनि अलग्गै संयन्त्र निर्णय गरेर जानेबारे शीर्ष नेताबारे छलफल भएको हो ।
आजको केन्द्रीय समिति बैठकले आगामी चुनावमा उम्मेदवारहरूलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानमा व्यवस्था छ । संसदीय समितिलाई प्रदेश र प्रतिनिधिसभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend