Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बार चुनावः ओलीले बोकेका चोलेन्द्रशमशेरलाई एमालेनिकट कानुन ब्यवसायीले नबोक्ने 


    मंगलबार, चैत्र १५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसिएसनको यही चैत १९ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा कानुन ब्यवसायीका दुई समूह प्रचार प्रसारमा युद्धस्तरमा जुटेका छन् । बार एशोसिएनको निर्वाचनमा डेमोक्रेटिक लयर्स एशोसिएसन(डीएलए), माओवादी निकट गणतान्त्रिक कानुन व्यवसायी संगठन र नेकपा समाजवादी निकट समाजवादी लयर्स एशोसिएसनको तर्फबाट गोपालकृष्ण घिमिरेको नेतृत्वको टीम चुनावी मैदानमा उत्रिएको छ । गठबन्धनबाट डीएलएका घिमिरेको टीमले उम्मेदवारी दिएको छ ।

    नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी समूह (पीपीएलए) ले बिष्णुमणि अधिकारीको नेतृत्वमा बारको निर्वाचन लड्दैछ । सबै वाम पार्टी निकट कानुन ब्यवसायी एक भएकाले विगतमा चण्डेश्वर श्रेष्ठको टीम अध्यक्षमा निर्वाचित भएको थियो । वाम वाम वकिलहरुले अन्तर्घात गर्दा महासचिवमा सुरेन्द्र थापा पराजीत भएका थिए भने डीएलएका लीलामणि पौडेलले जितेका थिए । यो पटक एमाले एकातिर, माओवादी र समाजवादी घिमिरेको समूहतिर भएकाले पीपीएललाई निर्वाचन जित्न असंभव जस्तै रहेको चर्चा कानुन ब्यवसायीहरुमाझ चल्ने गरेको छ ।

    बार एशोसिएसनको निर्वाचनमा आफ्नो प्रतिबद्धता सार्वजनिक गर्न सोमबार पीपीएलएले पत्रकार सम्मेलन आयोजना गरेको थियो । उक्त पत्रकार सम्मेलनमा पीपीएलएका अध्यक्षका उम्मेदवार बिष्णुमणि अधिकारीले महाभियोग दर्ता भई निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई कुनै पनि हालतमा पुनः न्यायालयमा फर्किन नदिने बार एशोसिएसनको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

    एमाले निकट पीपीएलका अध्यक्षका उम्मेदवार अधिकारीले चोलेन्द्रशमशेर राणालाई न्यायालयमाा पुनः फर्काउनु नहुने, फर्किए बारले अस्वीकार गर्ने निर्णय गरेको छ, त्यो निर्णय कार्यान्वयन गराउन आफूहरु लाग्ने बताए । यद्यपि एमाले अध्यक्ष केपी ओलीले भने प्रधानन्यायाधीश राणामाथि लगाइएको महाभियोग फिर्ता लिनुपर्ने माग प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पटक पटक राख्दैआएका छन् । ओलीले एमसीसी पास गर्न सहयोगका लागि प्रधानमन्त्री देउवा बालकोट जाँदा पनि राणामाथिको महाभियोग फिर्ता र उनलाई ससम्मान सर्वोच्चमा फर्काउनुपर्ने माग राखेको बिषय सार्वजनिक भएको थियो ।

    पीपीएलएका इन्चार्ज रमेश बडालले पनि राणाको महाभियोग फिर्ताको रटान लगाउँदैआएका छन् । तर एमाले निकट पीपीएलएका तर्फबाट अध्यक्षका उम्मेदवार बिष्णुमणि अधिकारीले भने चोलेन्द्रशमशेर पुनः न्यायालयमा फर्किन नहुने बताएका छन् । अधिकारीले भने–‘बारको न्यायालय सुधार र प्रधानन्यायाधीशको राजीनामाको आन्दोलनमा हामी पनि सहभागी छौं, तसर्थ हामी बारले गरेका निर्णय हामी सबैका साझा निर्र्णय हुन् । दलहरुको अंकगणितका बिषयमा हामीले केही भन्न सक्दैनौं, तर राणा पुनः न्यायालयमा फर्किनुहुन्न । फर्किए बारले आन्दोलन गर्छ, स्वीकार गर्न सक्दैन ।’

    पीपीएलएका अध्यक्षका उम्मेदवार अधिकारीले सत्ताधारी दलहरुले बारको चुनावमा गठबन्धन गरे पनि देशभरका कानुन ब्यवसायीहरुले आफूहरुलाई मत दिने बताए । उनले भने, चुनाव प्रचार अभियानका क्रममा देशभरबाट राम्रो रेस्पोन्स पाएका छौं । सत्ता गठबन्धनको तर्फबाट बारमा समेत राजनीतिकरण गर्न खोजिएको आरोप लगाउन चुकेनन् ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार