Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बझाङमा आफ्नै बुहारी बलात्कार गरेको आरेपमा जेठाजु पक्राउ


    मंगलबार, चैत्र १५ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बझाङ । बझाङमा बुहारी (भाइकी श्रीमती) लाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।

    २२ वर्षीया भाइ–बुहारीलार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा दर्ता गराएको हो ।

    चैत १२ गते बेलुकी बुहारीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापी जबरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

    उजुरी पश्चात् प्रहरीले आरोपितलाई केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

    पीडित जेठानीको सहायतामा प्रहरीको सम्पर्कमा पुगेपछि प्रहरीले स्वास्थ परीक्षणपछि युवतीलाई हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृहको जिम्मा लगाई आरोपीविरुद्ध मुद्दा चलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार