Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शहर केन्द्रित हुँदै स्थानीय तह निर्वाचन, काठमाडौंमा ४० दल दर्ता हुँदा मनाङ, मुस्ताङ र डोल्पामा पाँच दल मात्रै निर्वाचनमा


    मंगलबार, चैत्र १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि काठमाडौंमा सबैभन्दा बढी राजनीतिक दल दर्ता हुँदा मनाङ, मुस्ताङ, डोल्पामा भने सबैभन्दा कम दल दर्ता भएका छन् ।

    आगामी ३० वैशाखको निर्वाचन प्रयोजनका लागि काठमाडौंमा सबैभन्दा बढी ४० दलले निर्वाचन आयोगमा दल दर्ता गरिरहँदा मनाङ, मुस्ताङ र डोल्पामा भने ५-५ दल मात्रै चुनावी मैदानमा होम्मिने भएका छन् ।

    निर्वाचन आयोगका अनुसार काठमाडौंपछि सबैभन्दा बढी दल दर्ता मोरङमा ३३, सुनसरी र रुपन्देहीमा ३२ ३२, ललितपुरमा ३१, रौतहट र झापामा ३०-३० वटा दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन् ।

    यसैगरी, १० भन्दा कम दल दर्ता हुने जिल्लामा सल्यान, बझाङ, रोल्पा, रुकुम पश्चिम, जाजरकोट ७-७, पाँचथर, जुम्ला, दैलेखमा ८-८, ताप्लेजुङ, डोटी, तेह्रथुम, पाल्पा, प्युठान, मुगु, हुम्ला र बाजुरामा ९-९ वटा दलले निर्वाचनमा भाग लिने गरी दल दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार