बिराटनगर, ३ चैत । नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोस पोखेका छन् । समाजसेवाका माध्यमबाट चर्चा कमाइरहेका काँग्रेस महासमिति सदस्य डा.शर्माले कोरोनाको संक्रमणमा अपनाउँनुपर्ने सावधानीप्रति नेताहरु संवेदनशील नभएको भन्दै पार्टी प्रवक्ता शर्माप्रतिको आक्रोस सामाजिक सञ्जालबाटै प्रकट गरेका हुन् ।
शर्माले कोरोना भाईरस सोझा निमुखा, गरिब भाउन्नेका जनतालाई मात्र लाग्छ, सांसद र नेतालाई लाग्दैन भन्दै प्रश्न गरेका छन् । ‘एयरकण्डिसन भएको भवन हो पार्लियामेण्ट, कांग्रेसका सांसदलाई संसदमा जानबाट किन नरोकेको ?’ प्रवक्ता शर्मालाई प्रश्न गर्दै उनले लेखेका छन ‘विद्यालय बन्द हुने, परिक्षा रोकिने तर सयौं बिशिष्ट व्यक्ति भेला हुने संसद चाहिँ नरोकिनुपर्ने कारण को हो ?’ जोसुकैको असावधानीले पनि कोरोनाको संक्रमण फैलनसक्ने हुनाले त्यसप्रति जनस्तरमा मात्र नभई केन्द्रिय नेता तथा सांसद पनि उत्तिकै सजग हुनुपर्ने उनको तर्क छ ।
कोरोनाको संक्रमण रोकथामका लागि पार्टीले सार्वजनिक कार्यक्रम बन्द गर्ने क्रममा गुटबन्दी र विभेद उदाङ्गो भएको उनले उल्लेख गरेका छन् । ‘नेतृ मञ्जु खाँडको सिराहा र जनकपुरको कार्यक्रममा कोरोना नआउने, बालकृष्ण दाइको ललितपुरको कार्यक्रममा कोरोना नआउने, अनि मोरङको भाउन्नेमा भएको कार्यक्रम, शेखर कोइराला र सुजाता कोइरालाले गरेको कार्यक्रममा मात्रै कोरोना आउने ?’ उनले प्रश्न गरेका छन् । ‘यो कस्तो कोइरालालाई मात्र लाग्ने कोरोना हो ?’ व्याङ्ग्यात्मक शैलीमा प्रश्न गर्दै उनले सवै कार्यकर्ताले बुझ्नेगरी जवाफ दिन प्रवक्ता शर्मालाई आग्रह गरेका छन् ।
कोरोनाले चिसियो झापाली दुई शर्माको सम्बन्ध
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र महासमिति सदस्य डा.सुनिल शर्मा दुवै झापाली हुन् । प्रवक्ता शर्मा कांग्रेसको उदीयमान नेताको रुपमा परिचित छन भने डा.शर्मा पनि राजनीतिसँँगै समाजसेवाका माध्यमबाट लोकप्रिय छन् । झापामा जन्मिएर मोरङलाई राजनीतिक कार्यक्षेत्र बनाएका डा.शर्मा कम्युनिष्टको ‘लालकिल्ला’ मानिने मोरङको क्षेत्र नम्बर ३ लाई ‘डेन्जर जोन’ मा परिवर्तन गराउन सफल बनेको भनेर पार्टीभित्र चर्चामा छन् ।
प्रतिनिधिसभा निर्वाचनमा ४० हजार ५ सय ६ मत ल्याएर बाम गठबन्धनका उम्मेद्वार एवं वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग झिनो मतान्तरले पराजित भएका डा.शर्मा आगामी निर्वाचनमा ‘लालकिल्ला’ तोड्ने दाउमा छन् । पार्टीभित्र शसांक, शेखर र सुजाता कोइरालाको विश्वासपात्र मानिने डा.शर्मा नेता कृष्णप्रसाद सिटौलासँग पनि नजिक छन् । उनले पार्टी प्रवक्ता शर्मालाई पनि ‘रोलमोडल’ नेता मान्दै आएका थिए । शर्माले सामाजिक सञ्जालमा ‘केहि अघिसम्म मेरो रोलमोडल नेता’ भनेर पार्टी प्रवक्ता शर्मालाई संबोधन गर्नाले पनि उनीहरुवीचको सम्बन्ध चिसिएको प्रष्ट हुन्छ । डा.शर्माले कोरोनाको बिषयमा प्रवक्ता शर्माप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमै सार्वजनिक गर्नुले पनि दुई झापाली शर्माबीचको सम्बन्ध चिसिएको छर्लङ्ग भएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend