Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चारवटा बाहेक अरु भारतीय न्यूज च्यानल खुला


    सोमबार, असार २९ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । डीटीएच अपरेटरहरूले भारतीय न्यूज च्यानमामाथिकाे प्रतिबन्ध हटाएका छन् । तर अझै चार वटा भारतीय च्यानल भने बन्द नै छन् । यसरी बन्द रहेकामा जी–न्यूज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज रहेकाे बताइएकाे छ । 

    डीटीएच अपरेटरहरूले केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने भएकाले अन्य च्यानल खाेल्ने निर्णय गरेकाे जनाएका छन् । आइतबार डीटीएच अपरेटरहरूको बैठकले यस्ताे निर्णय गरेकाे बताइएकाे छ । 

    आइतबार रातिदेखि भारतीय न्यूज च्यानलकाे प्रतिबन्ध हटिसकेकाे छ । 

    यसअघि भारतीय न्यूज च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल बारे घृणा फेलिने सामग्री प्रशारण गरेकाे थियाे । नेपालमा यसकाे तीव्र विराेध भएपछि डीटीएच अपरेटरहरूले स्वस्फूर्त रुपमा भारतीय न्यूज च्यानमामाथि प्रतिबन्ध लगाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार