Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नेविसंघ अध्यक्ष शेर्पालाई कोइराला समूहबाहेक सबैबाट अनुमोदन


    शनिबार, चैत्र १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका अध्यक्ष दुजाङ शेर्पालाई संस्थापन ईत्तरका शेखर कोइराला समूहले अस्वीकार गरे पनि अन्य दुई समूहले भने अनुमोदन गरेका छन् । 

    सभापति देउवाले ‘एकलौटी रुपमा मनोनित गरेको’ आरोप लगाउँदै कोइराला समूहले १४ चैतमा अलग्गै भेला बोलाएको दोस्रो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलले शेर्पालाई निवासमै बोलाएर बधाई दिएका छन् । यसअघि शेर्पालाई निवासमै बोलाएर प्रकाशमान सिंहले पनि बधाई दिएका थिए । बधाई कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माको पनि उपस्थिति थियो ।

    उता, शेर्पासहितको मनोनयनप्रति असन्तुष्टी जनाउँदै कोइराला समूहले १४ चैतमा अनुपम फूडल्याण्डमा वृहत भेलाको आयोजना गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार