Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीतिक दलले संचालक समिति बाँडफाँट नगर्दा अधिवेशन अलपत्र


    शनिबार, चैत्र १२ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सबै ठिकठाक हुँदाे हाे त सन्धिखर्क बजार आज झकिझकाउ हुने थियाे । बजारमा बेग्लै उत्साह अनि उमंग हुने थियाे ।

    सन्धिखर्क बजारका करिव २० हजार जनतालाई पिउने पानी उपलव्ध गराउने सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई उपभाेक्ता मूल  संस्थाकाे शनिबार  हुने भनिऐकाे साधारण सभा तथा अधिवेशन राजनितिक दलले नेतृत्व नटुंग्याईदिँदा अलपत्र परेकाे हाे ।

    गत १९ माघमा बसेकाे संचालक समितिकाे वैठकले संस्थाकाे अधिवेशन चैत १२ गतेका दिन भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेकाे भएपनि राजनितिक दलहरुले नेतृत्व बाँडफाँटमा समय नदिएपछि अधिवेशन अलपत्र परेकाे अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले बताए । 

    ‘म त हाल बुटवल छु, धेरै बुझ्न पाएकाे छैन’ , अध्यक्ष श्रेष्ठले न्युज कारखानासंग भने, ‘अधिवेशन त हुन्छ हाेला आज सर्वदलीय  बैठक बस्दैछ भन्ने सुनेकाे छु ।’

    दलिय बाँडफाँट नमिलेका कारण अधिवेशन अनिश्चित भएकाे सचिव कमल प्रसाद घिमिरेले संकेत गरे । अधिवेशनकाे लागि आफुहरु तयारी अवस्थामा रहेकाे सस्थाका कार्यालय प्रमुख कृष्ण आचार्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार