Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हजुरबुवा हजुरआमासँग बस्ने बच्चा भावनात्मक तरिकाले पनि बलिया


    सोमबार, चैत्र ३ २०७६
    860
    Shares
  • ३ मिनेट पाठ
  •  हरेक बालबालिका लागि हजुरबुवा–हजुरआमासँग बिताएका पल बच्चाको  जीवनको सबैभन्दा अविष्मरणीय पलमध्येको एक हुन्छ । हजुरबुवा–हजुरआमाले कसैको पनि बालापनलाई सुखद बनाउन एउटा महत्वपूर्ण भूमिका निभाएका हुन्छन् । जो बच्चा आफ्नो हजुरबुवा हजुरआमासँगै बस्छन् उनीहरुमा एक भिन्न प्रकराको बुझाई र एक विशेष प्रकारको समवेदना हुन्छ । यस्ता बच्चा सधैं खुसी, मिलनसार र आफ्ना सामान बाँडेर प्रयोग गर्ने किसिमका हुन्छन् ।  उनीहरुमा परिवारमा बस्ने र सबैको भावनाको सम्मान गर्ने विशेष कला हुन्छ । तर आज जसरी शहर बढिरहेको छ, हाम्रो कोठा साँघुरिँदै छ । यस्तोमा मानिसहरु एक्लै बस्न बाध्य छन् । अहिले धेरै व्यक्तिको आफ्नो सानो परिवारमा हुन्छ जसमा हजुरबुवा–हजुरआमा पाहुना बनेर आउँछन् । तर विज्ञानले पनि बच्चालाई आफ्नो हजुरबुवा–हजुरआमासँगै राख्नुपर्ने सुझाउँछ । विज्ञानलाई मान्ने हो भने जो बच्चा आफ्ना हजुरबुवा हजुरआमासँग बस्छन्, उनीहरु एक्लै बस्ने बच्चाभन्दा निकै भिन्न हुन्छन । यसका कारणबारे जानकारी लिऔं ।

    बच्चा खुसी र सुरक्षित हुन्छन् 

    यदि आमाबुवा जागिरे छन् र उक्त घरमा हजुरबुवा हजुरआमा छन् भने बच्चाको हेरविचारमा आमाबुवाले कुनै चिन्ता लिनुपर्दैन । किनभने तपाईंको आमाबुवाले तपाईंको सन्तानलाई तपाईंले भन्दा राम्रो हेरविचार र लालनपालन गरिरहेका हुन्छन् । हजुरबुवा हजुरआमाले बच्चा हुर्काउन मात्रै सहयोग गर्दैनन् , सुरक्षा पनि प्रदान गर्छन् । आजको समयमा तपाईं आफ्नो बच्चा अरु कसैसँग एक्लै छोड्न सक्नुहुन्नँ र यो अवस्थामा तपाईं आफ्नो आमा–बुवालाई आँखा चिम्लेर विश्वास गर्न सक्नुहुन्छ ।

    आफ्नो जराबारे थाहा पाएर सिक्छन्  

    जब बच्चाले आफ्नो परिवारको इतिहासबारे थाहा पाउँछ र आफ्नो हजुरबुवा हजुरआमाको भावनात्मक कुरा बुझ्ने गर्छ तब बच्चामा कसैसँग पनि भावनात्मक सम्बन्ध स्थापित गर्ने गुण हुन्छ । यसो गर्दा बच्चा आफ्नो हजुरबुवा–हजुरआमाको नजिक मात्रै हुने होइन उनीहरुमा स्नेह, आदर र सेवाजस्ता मानवीय गुण विकसित हुने गर्छ । यसो हुँदा बच्चा निकै लचिलो र परिस्थिती अनुसार रहन सहन गर्न सक्छन् । साथै, बच्चाको दिमाग पनि तेज हुन्छ । उनीहरु अरुको तुलनामा स्मार्ट र परिपक्व पनि देखिन्छन् । जब बच्चाले आफ्नो परिवारको इतिहास र कठिनाईबारे थाहा पाउँछ तब उसले मुश्किल अवस्थामा पनि कसरी अघि बढ्ने र आफ्नो लडाईं लड्ने भन्नेबारे सिक्ने गर्छ । आफ्नो हजुरबुवा हजुरआासँग बस्ने बच्चा भावनात्मक तरिकाले पनि बलिया हुन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार