काठमाडौं । आज १० चैत २०७८, तदनुसार २४ मार्च २०२२ बिहिवार । यस्तो छ आजको भाग्यफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा धन खर्च बढ्नेछ । चोटपटकको भय छ अत: स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जनका नयाँ योजना बन्नेछ । वैदेशिक कार्यमा भने समस्या आउने देखिन्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
आज मित्र वा आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहला । मनोरञ्जन तरिकाले दिन बित्ने देखिन्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
नयाँ विद्या र परीक्षा राम्रो हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
आज सफल यात्रा हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्ता पनि बढ्ला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
आज सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको योजना पनि बन्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवा गर्ने योग पनि छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
कूटनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि पनि हुन सक्छ ।