काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने डेरी उद्योगहरुको सहजताको लागि लोगो (प्रतिक चिन्ह) प्रयोगमा ल्याउने भएको छ । बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो प्रयोग सम्बन्धि कार्यबिधि २०७७ जारी गरेको छ ।
बच्चादेखि बृद्धसम्मका सबैले प्रयोग गर्ने अमृत जस्तै दूध तथा दुग्धजन्य पदार्थ एकदम सम्बेदनसील, निश्चत तापक्रमा र निश्चित समयमा उपभोग भएन भने खराब हुने हुनाले यसको ढुवानी सहज बनाउन हनु पर्छ । तर दूध तथा दुग्धजन्य पदार्थ ढुवानीमा बेला बेला समस्या आइपरेकोले यस्ता समस्या भबिश्यमा नआउन भनेर सबै स्टेक होल्डरहरुको सल्लाह बमोजिम सहज ढुवानीका लागि लोगो प्रयोग गर्ने सम्बन्धि कार्यबिधि २०७७ जारी भएको र २०७७ साल चैतमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोगोको लोर्कापण भएकोले लोगो अब बिस्तारै सबै डेरी उद्योगहरुले प्रयोग गर्ने दुग्ध बिकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र प्रसाद यादवले बताएका छन् ।
बोर्डलेसबै डेरी उद्योगहरुलाई दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने साधनमा लोगो प्रयोग गनका लार्गि इजाजत लिन कार्यबिधि बनाएको छ । सोही कार्यबिधि अनुसार सबै डेरी उद्योगले लोगो प्रयोगमा ल्याएमा ढुवानीमा सहजता आउने र टाढाबाट नै दुग्ध जन्य पदार्थको गाडी रहेछ भनेर सबैले थाहा पाउने भएकोले पनि सबै डेरी उद्योगहरुले यसको प्रयोग गर्नु पर्ने निर्देशक यादवले बताएका छन् ।
बोर्डले यहि आउने चैत्र १० गते बुटवलमा लोगोसँग सम्बन्धित जानकारीमूलक कार्यक्रम गर्ने भएको छ ।बुटवलमा हुने कार्यक्रमा बोर्डले दुग्ध बिकास संस्थान बुटवल शाखाका ८ वटा दुग्धजन्य पदार्थ ढवानी गर्ने सवारी साधनलाई तथा महाभालेश्वर डेरी एण्ड बेवरेजका ३ वटा सवारी साधनलाई लोगो बितरण गर्न लागेको बोर्डका निर्देशक बिदुर राईले बताएका छन् ।
उक्त कार्यक्रमा प्रदेश सचिव, स्थानिय निकायका पदाधिकारी, ट्राफिक प्रहरी, डेरी संधका पदाधिकारी तथा नेपाल डेरी एसोसिएसनका पदाधिकारी समेतलाई समाबेस गराएर लोगो प्रयोग तथा यसबाट सबै दुग्धजन्य पदार्थ ढुवानीका सवारी साधनलाई पहिचान गर्न तथा बन्द तथा हड्तालमा समेत लोगोको प्रयोग गरेका सवारीलाई आवतजावतमा सहज बनाउन सबैलाई सचेत गराउने गराउने कार्यक्रम रहेको बोर्डका निर्देशक राईले बताएका छन् ।
त्यसैगरि राष्ट्रिय दुग्ध विकास बोर्डले लोगो प्रयोग सम्बन्धि जानकारी तथा सचेतनाका लागि बिराटनगगरमा प्रदेश सचिव , स्थानिय निकायका पदाधिकारी , ट्राफिक प्रहरी, डेरी संधका पदाधिकारी तथा नेपाल डेरी एसोसिएसनका पदाधिकारी समेतलाई राखेर लोगो सम्बन्धि जानकारी गराएको थियो ।
नेपालमा साना र ठुला गरि लगभग ५०० को हाराहारीमा डेरी उद्योग सज्चालनमा रहेका र सबै डेरी उद्योगलाई सहज ढुवानीको लागि लोगो प्रयोग गर्न दुग्ध बिकास बोर्डले आग्रह गरेको छ ।

२०७७ साल चैतमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोगोको लोर्कापण भएको तस्वीर