काठमाडौं । एमाले निकट प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्चको पाँचौं अधिवेशनले राजेन्द्र भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
भण्डारीले रोहन गुरुङलाई पराजीत गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । मञ्चको अधिवेशन २०७८ फागुन ३० मै सुरु भए पनि नेतृत्व चयनमा बिलम्ब भई चैत ६ मा निर्वाचन भएको हो ।
जम्मा १ सय ३० मत खसेकोमा भण्डारीले ८९ मत पाएका थिए भने गुरुङले ३९ मत पाएका थिए । ३ मत बदर भएको थियो । गुरुङ बैदेशिक रोजगार ब्यवसायी संघका पूर्वअध्यक्ष हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो प्राथमिकता हरेक ठाउँमा झापाकैलाई दिने नीति अनुसार मञ्चको अध्यक्षमा पनि झापाकै भीष्मराज शर्मा शिवाकोटीलाई जिताउन ठाडो निर्देशन दिएका थिए । शिवाकोटीको नाममा सहमति हुन नसकेपछि अन्ततः निर्वाचन भएको थियो ।
शिवाकोटीलाई हरि पाण्डेले समर्थन गरेका थिए । तर शिवाकोटीले पनि अन्तिममा बालकोटको निर्देशनमा गुरुङलाई समर्थन गरेका थिए । तर भण्डारीले बालकोटका उम्मेदवारलाई हराइदिएका छन् ।