काठमाडौं । आज ७ चैत २०७८, तदनुसार २१ मार्च २०२२ सोमवार । यस्तो छ आजको भाग्यफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
आज जोशजाँगर र उमङ्ग बढ्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । कृषि कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने र मन भावुक र उत्ताउलो बन्नेछ । साँझमा भने शुभ समाचार पाइनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
आज लाभहानी, आव्यय, सुखदुख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्न पनि सक्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
कुनै समाचारले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
मन भावुक र उत्ताउलो बन्नसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव पनि आउला ।