Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भण्डारी दम्पत्तिको हत्या प्रकरणमा छोराको संल्गनता


    सोमबार, चैत्र ३ २०७६
    800
    Shares
  • २ मिनेट पाठ
  • कञ्चनपुर, ३ चैत।। गत फागुन १५ गते कञ्चनपुरमा  भएको भण्डारी दम्पत्तिको  हत्या प्रकरणमा  उनकै छोराको संलग्नता रहेको पाइएको छ ।

    शुक्लाफाँटा नगरपालिका–११ का ५२ वर्षीय जयबहादुर भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनाको हत्या भएको थियो ।

    प्रहरीले हत्यामा संलग्न भएको आरोपमा २६ वर्षीय भरतबहादुर भण्डारीलाई पक्राउ गरेको हो  ।  उनी मृतकका छोरा रहेको प्रहरीले जानकारी दिएको छ । 

    प्रारम्भिक अनुसन्धानका क्रममा भरत डडेल्धुरामा बस्दै आएका थिए।  पारिवारिक विवादका कारण बुवा जयबहादुर र सौतेनी आमा धनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    भरतलाई प्रहरीले आइतबार डडेल्धुराको अमरगढी नगरपालिका–२ जुगेनाबाट पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको हो । उनी फागुन १३ गते सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा दिन  महेन्द्रनगर आएका थिए ।

     भरत १४ गते ट्रायलमा फेल भएपछि केही आफन्तलाई भेटेर डडेल्धुरा जान हिँडेका थिए । तर फर्किएर राति साढे ८ बजे झलारीस्थित घरमा पुगेर बुवा र सौतेनी आमासँग केही समय कुरा गरेको प्रहरीको अनुसन्धानमा उल्लेख भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार