Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईजीपीबाटै तोडियो ‘चेन अफ कमान्ड’


    शुक्रबार, चैत्र ४ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए।

    गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिएका थिए। एआइजीमा शाहीभन्दा हरिबहादुर पाल वरिष्ठ थिए। त्यसअघि थापाले एआइजी प्रद्युम्न कार्कीलाई कार्यवाहक आइजिपी दिँदा पाल बिदामा बसेका थिए।  

    प्रहरी संगठनमा ‘चेन अफ कमान्ड’ भंग हुने काम गर्नु आइजिपी थापाको कमजोरी हो। सुरक्षा निकायसम्बद्ध संगठनमा प्रमुखले वरीयतालाई उपहास गर्नुलाई संवेदनशील मानिन्छ। यस्तो व्यवहार हुँदा तल्लो तहसम्मकै अधिकृत र जवानमा निराशा जन्मिन्छ।  

    कार्यसम्पादनमै अवरोध आउने पक्षमा ध्यान नदिईकन थापाले कार्यवाहक आइजिपी कनिष्ठलाई तोक्नु गलत मानिएको छ। सुरक्षा संगठनमा नेतृत्व र निर्देशनले पनि विशेष महत्व राख्छ। यसमा वरीयताको महत्व पनि सर्वाधिक हुन्छ। यिनलाई पालन नगरेको अवस्थामा संगठनकै एकतामा चोट पुग्न सक्छ भन्ने सामान्य विषयमा समेत आइजिपी थापाले हेक्का राख्न नसक्नु ठूलो कमजोरी हो।

    एकैपत्रको भर्ना वा बढुवा हुनेमध्ये पनि एक नम्बरमा पर्ने सबैभन्दा ज्येष्ठ मानिन्छ। भर्ना वा बढुवा स्वेच्छामा होइन, क्षमताका आधारमा हुनुपर्छ। तर प्रहरी संगठनमा यस्ता मापदण्डको उल्लंघन भइरहेको छ। जसले गर्दा राजनीतिक हस्तक्षेप निम्तिएको हो। नेपाल प्रहरीको अवस्था सुधार्ने हो भने कम्तीमा पनि नेपाली सेनामा जस्तो अभ्यास हुनुपर्छ। नागरिक दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार