Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकाको सुरक्षा व्यवस्था कडा, ६८ स्थानमा चेकिङ


    बिहिबार, चैत्र ३ २०७८
    480
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।

    होलीलाई मर्यादित र दुर्घटनारहित बनाउने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३ सय ट्राफिक प्रहरीलाई खटाइएकाे हो ।  

    होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन जनशक्ति परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । त्यस्तै नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको महाशाखाले जनाएको छ । 

    प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आज बिहानैदेखि दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको जोशीले बताए ।

    साथै उछृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने,सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ वा लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार