Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पन्जाबका मुख्यमन्त्रीको सपथ समारोहलाई किन बनाइयो पहेलो ट्रेडमार्क?


    बुधबार, चैत्र २ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली । आम आद्मी नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्रीको सपथ लिँदैछन् । स्वतन्त्रताका योद्धा भगत सिंहको गाउँमा मानले सपथ लिँदैछन् । उनको सपथ समारोहलाई लिएर भगत सिंहको खटकर कलन गाउँ नै पहेलपुर बनेको छ । 

    पहेलो रंग हास्यव्यङग्य क्षेत्र हुँदै राजनीतिमा उदायका भगवान्त मानको ट्रेडमार्क हो । उनको सपथमा भाग लिन आउने सहभागीलाई पहेलो पगरी र पहेलो सल लगाउन आह्वान गरिएको छ । खटकर कलन गाउँको कार्यक्रम स्थललाई पहेलो रंगमा सजाइएको छ ।

    सपथपछि ४८ वर्षीय मान सन् १९७० पछिकै प्रदेशको कान्छो मुख्यमन्त्री हुनेछन् । सपथ समारोहमा नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सहभागी हुनेछन् । आफूसँगै पन्जाबका ३ करोड मानिसले सपथ लिने मानले बताएका छन् ।

    ११७ सिट भएको पन्जाबमा आम आदमी ९२ सिटमा विजयी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार