Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीले मन्त्रीहरुलाई फिर्ता बोलाउने


    बुधबार, चैत्र २ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो ।

    मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दाबी छ । पूर्वसहमतिका साथै सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीले मन्त्रालयको काम प्रभावकारी रूपमा गर्न नसकेको, पार्टी र मन्त्रालयबीचको समन्वय नगरेको, पार्टी नेताकार्यकर्ताको गुनासो सम्बोधन नगरेको, मनोमानी काम गरिरहेको, कमिसनमा लिप्त भएको आरोपसमेत मन्त्रीमाथि छ ।

    हालैसम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा समेत मन्त्रीहरूको आलोचना भएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीलाई फिर्ता बोलाएर अरू नेतालाई मन्त्री बनाउने’boutमा छलफल गरेको स्रोतको दाबी छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले सहरी, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, श्रम मन्त्रालय पाएको छ । सहरी मन्त्रालयमा रामकुमारी झाक्री, स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेम आले, श्रममा किसान श्रेष्ठ मन्त्री रहेका छन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ रहेका छन् । राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार