Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • जसपाका केन्द्रीय सदस्य रिजालको कृषि फार्ममा विस्फोटक पदार्थसहितको धम्कीपूर्ण पत्र भेटियो


    मंगलबार, चैत्र १ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य हरि रिजालको कृषि फार्ममा विष्फोटक पदार्थ भेटिएको  छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।

    साथै उनलाई धम्कीपूर्ण पत्र पनि पठाइएको अध्यक्ष भट्टराईको भनाइ छ। एमसीसीको बहानामा यसो गरिएको हुन सक्ने आशंका भट्टराईले गरेका छन् ।

    घटनाको निन्दा गर्दै उनले आफ्ना केन्द्रीय सदस्य रिजाल, उनका सहकर्मी तथा परिवारको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् ।

    ‘जसपा केन्द्रीय सदस्य हरि रिजालको दाङस्थित कृषि फार्ममा विस्फोटक पदार्थ राख्ने, धम्कीपूर्ण पत्र पठाउने कार्य जो कसैले गरेको भए पनि निन्दनीय छ’, डा. भट्टराईले मंगलबार बिहान भनेका छन्, ‘एमसीसी वा कुनै पनि बहानामा यस्ता आपराधिक कार्य गर्ने उपर राज्यले तुरुन्त कारबाही गरोस् र नेता रिजाल, उहाँका सहकर्मी र परिवारको सुरक्षा गरोस्।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार