हरिप्रसाद भुसाल
अर्घाखाँची । राष्ट्रिय स्तरमा सत्तारुढ दलहरुबीच चुनावमा गठबन्धन गरेर जाने किन नजाने भनेर सहमति कायम भएको छैन तर अर्घाखाँचीमा रहेका सत्तापक्षीय दलहरुले आगामी निर्वाचनमा मिलेरै जाने उद्घोष गरेका छन् ।
सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन पक्षधर राजनीतिक दलहरुले स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनसम्म एकतावद्ध बन्ने र मिलेरै निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर विसी, नेकपा एकीकृत समाजवादीका नेता राम बहादुर चौहान लगायतका राजनीतिक दलका नेताहरुले आगामी निर्वाचनमा संगै जाने स्पष्ट पारेका हुन् ।
प्रतिगमनविरुद्ध आफूहरुले संघै संघर्ष गरेको भन्दै सत्तापक्षीय राजनीतिक दलहरुले प्रतिगमनलाई साँच्चै परास्त गर्नका लागि आफूहरु एक भएर निर्वाचनमा होमिन तयार रहेको जनाएका हुन् ।
एमाले सचिव टोप बहादुर रायमाझीको प्रभावक्षेत्र मानिएको अर्घाखाँचीमा गठबन्धन कायम रहेको अवस्थामा रायमाझीलाई जित्न निकै कठिन हुने विष्लेषकहरु बताउँछन् । यद्यपी यतिवेला अर्घाखाँचीका गाउँ गाउँमा संगठन निर्माणमा सक्रिय रहेका रायमाझीले आफुहरु एक्लै पनि भिड्न तयार रहेको बताउने गरेका छन् । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend