धनगढी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सनकाे सम्भावना नरहेकाे बताएका छन् ।
एमालेकाे अवराेधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहकाे चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए ।
साेमबार बिहान धनगढी विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले भने-एमालेले दुई पटक संसद विघटन गर्याे । अहिले संसद चल्न दिएकाे छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएकाे छ । त्याे सत्य हाेइन ।’
३० वैशाखमा स्थानीय तहकाे चुनाव घाेषणा भइसकेकाे र अब साेही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए ।
सुदूरपश्चिम सरकारमा कांग्रेसकाे इन्ट्रि हुने
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसकाे इन्ट्रि हुने भएकाे छ । तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेकाे छ । तर, बहुमत मन्त्री एकीकृत समाजवादीका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेकाे बताए । ‘चुनाव आएकाे छ, कांग्रेसले पनि सरकारमा जान चाहेकाे छ,’ प्रचण्डले भने, ‘एकीकृत समाजवादीका केही मन्त्रीलाइ फिर्ता बाेलाएर कांग्रेस भित्र्याउने सहमति भएकाे छ ।’ यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएकाे उनले बताए ।
हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसकाे समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्मा सात समाजवादी र चार माओवादीका मन्त्री छन्
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend