Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हुम्लामा जसपा र माओवादीबीच समायोजन


    सोमबार, फाल्गुन ३० २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिमिकोट । जनता समाजवादी पार्टी(जसपा)मा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्य समिति र नेकपा माओवादी केन्द्र समायोजन भएको छ । 

    केन्द्रीय नीति नभए पनि जिल्लामा केही समयअघि दुई पार्टीबीच जिल्लास्तरमा समायोजन गर्ने सहमतिअनुसार आइतबार घोषणासभा आयोजना गरेर समायोजन भएको हो ।

    जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य वीरजङ शाहीले आफूसहित केन्द्रीय सदस्य कालीबहादुर विक, सङ्घीय परिषद् सदस्य जसबहादुर भण्डारी, ८१ सदस्यीय जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच जिल्लामा पार्टी समायोजन भएको बताए । 

    पार्टी समायोजन कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष विमला केसी, हुम्ला जिल्लाका सांसद छक्कबहादुर लामाको उपस्थिति रहेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार