मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।
आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हाे।
मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीकका अनुसार पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएका हुन् ।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेको गम्भीर घाइते बनाएका थिए ।
उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको छ ।
गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।
शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो।
घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्।
सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिकाे बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा फेला परेकी थिइन् ।