Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले अझै संसद विघटन गराउन चाहन्छ: प्रचण्ड


    आइतबार, फाल्गुन २९ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अझै पनि संसद  विघटन गराउन चाहने आरोप लगाएका छन् ।

    प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले अझै पनि संसद विघटन गराउन चाहेको आरोप लगाएका हुन् । 

    एमालेको संसद विघटन गराउने प्रयासलाई रोक्न सकेको बताउँदै उनले अहिले पनि एमाले सोही खेलमा रहेको आरोप लगाएका हुन् । जस कारण एमालेले संसदमा अवरोध सृजना गरेको प्रचण्डको भनाइ छ । 

    एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्ने एमालेको तर्क तर्क नै नरहेको बताउँदै उनले टिप्पणी गरे । 

    निर्वाचनपछि एमसीसीको विवादलाई छलफल गरेर टुंग्याउने बताएका उनले एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार