Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी


    शनिबार, फाल्गुन २८ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उर्लाबारी।युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालित ‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । प्रतियोगिताका लागि पहिलो अडिसनसमेत उर्लाबारीमा गरिएको छ । सेन्ट्रल फेशन हब उर्लाबारीको आयोजनामा हुने प्रतियोगिताको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागिता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले बताए ।

    दोस्रो चरणको अडिसन आज शनिबार हुँदैछ । पहिलो चरणको अडिसनमा ‘मिस पूर्वाञ्चल २०१९’ की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट ज्ञानेन्द्र सुनारले निर्णायक थिए ।

    दोस्रो चरणको अडिसन सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको छ । यस पटक ‘मिस उर्लाबारी’मा सहभागीहरुले कुनै शुल्क तिर्नु नपर्ने भएको छ । प्रशिक्षण शुल्कसमेत नलिने संयोजक चिमरियाको भनाई छ । चैत्र अन्तिममा  फिनाले गर्ने गरी तयारी थालिएको मिस उर्लाबारीको पहिलो संस्करणको विजेता नेमिता आङबुहाङ हुन् भने दोस्रो संस्करणको विजेता रुशाली केसी हुन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार