Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • उद्योग मन्त्रीज्यू, ग्याँस खोई ?


    सोमबार, चैत्र ३ २०७६
    1.6K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, ३ चैत । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले २०७६ फागुन २६ मा कोरोना भाइरसको सन्त्रासका बीच बजारमा अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तिलाई लिएर कोही पनि चिन्तित हुनुनपर्ने भाषण गरे । तर बजारमा खाना पकाउने ग्याँसको हाहाकार सुरु भएको छ । ग्याँसका लागि उपभोक्ताहरु लाइनमा बस्नुपरेको छ । पैसा हुनेहरुले त महिनौका लागि भण्डारण गरिसकेका छन् । तर दिनहुँ मजदुरी गर्नुपर्नेहरु सबैभन्दा मारमा परेका छन् । टोलटोलमा ग्याँस पसलअगाडि लाइन लागेको छ ।

    कपनको पंचकन्या चोकको ग्याँस पसलमा सोमबार बिहान ग्याँसका लागि लामो लाइनमा बसेकाहरुले उद्योग मन्त्री भट्टको भाषणलाई कुन रुपमा लिएका छन् । लाइनमा उभिएका उपभोक्तामध्येकी गृहणी सीता बरालले भनिन्–‘उद्योगमन्त्रीको भाषण सुनियो, दशैसम्म मौज्दात छ भन्नुभयो तर खोई त बजारमा छैन । हामीले ग्याँस नभएर खाना पकाउन पाएका छैनौं, यो पसलमा ग्याँस आएको सुनेर लाइन लागेका छौं, पाइन्छ कि पाइँदैन ? 
    उद्योग मन्त्री भट्टले सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा मुलुकको आपूर्ति व्यवस्था सहज रहेको बताउँदै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका हुन् । तर उनको आपूर्ति ब्यवस्था सहज रहेको भनाइलाई ग्याँसको लाइनले नै झुट सावित गरेको छ । 

    कोरोनाको त्रास र भारतले नाकामा आवतजावत बन्द गरेको समाचारले ग्याँस, खाद्यान्न भण्डारण गर्ने उपभोक्ता र कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्ने क्रम बढेको छ । सरकारले कालोबजारी गर्नेहरुलाई रोक्न सकेको छैन । उपभोक्तालाई कोरोनाका कारण उपभोग्य सामान आयातमा कुनै अवरोध नभएकोबारेमा आश्वस्त पार्न नसक्दा पनि कृत्रिम अभाव हुन गएको छ ।

    उद्योग मन्त्री भट्टले भनेका थिए– ‘कोरोनालाई लिएर बजार अभाव र आपूर्तिबारे कुनै शंका गर्नुपर्दैन । पहिले जस्तो थियो अहिले पनि बजार उस्तै छ । सहज आपूर्ति भइरहेको छ,’ खाद्यान्नतर्फ त समस्या छँदैछैन । आउँदो दशैंसम्म धान्ने खाद्यान्न हामीसँग स्टोर छ । अहिलेको अवस्थामा धान मात्र २० हजार मेट्रिक टन स्टोर छ ।’ 
    तर उनको भनाइविपरीत उपभोक्ताहरुले ग्याँस पाउन नसकेर घन्टौं लाइनमा बस्नुपरेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार