Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चुनावी तालमेलका विषयमा कांग्रेसभित्र दुई धार: संस्थापन पक्षमा, इतर विपक्षमा


    शुक्रबार, फाल्गुन २७ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र विवाद बढेको छ ।

    कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेल गर्नै नहुने पक्षमा छ । कांग्रेसले आधिकारिक रूपमा निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने बोलेको छैन ।

    कांग्रेसभित्र १४औं महाधिवेशनपछि इतर पक्षको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले कांग्रेस कसैलाई जिताउन स्थानीय तहको निर्वाचनमा तालमेल गर्न अघि सर्न नहुने बताउँदै आइरहेका छन् । उनकै आशयलाई कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले पनि साथ दिँदै आइरहेका छन् ।

    तर, सभापति शेरबहादुर देउवाले भने तीनै तहको निर्वाचनमा सत्ताधारी दलबीच तालमेल हुने संकेत गरेका छन् । बिहीबार वीरगन्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले निर्वाचनमा गठबन्धनबीच तालमेल हुन्न भनेर कसैलाई नचिढ्याउन पार्टीका नेताकार्यकर्तालाई निर्देशन नै दिए ।

    ‘गठबन्धनका साथीहरूको सहयोगले म प्रधानमन्त्री भएको हुँ, कांग्रेस सरकारको नेतृत्वमा पुगेको हो, गठबन्धनका साथीहरूलाई बेवास्ता गर्न मिल्दैन, बोल्दा कसैलाई पनि नचिढ्याउँ,’ देउवाले सम्बोधनका क्रममा भने ।

    सो क्रममा उनले केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन आबद्ध दलहरूबीच तालमेलका विषयमा छलफल हुने भन्दै वर्तमान निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने दाबी गरे । राजधानी दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार