Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रापबोर्डमा बेथिति : ६५ प्रतिशत कर्मचारी अस्थायी, करार र ज्यालादारी


    शुक्रबार, फाल्गुन २७ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी भर्ती केन्द्रका रूपमा चिनिएको छ ।

    २०४६ सालमा ऐन आए पनि २०४८ सालदेखि मात्र स्थापना भएर काम शुरू गरेको परिषद्ले २०५० सालबाट परीक्षा सञ्चालन गर्न थालेको थियो । बोर्डमा हाल ३ सय ८१ कर्मचारी कार्यरत् छन् । तीमध्ये १ सय २२ जना मात्र स्थायी कर्मचारी हुन् । बाँकी १ सय ५९ जना कर्मचारी अस्थायी, करार र ज्यालादारी छन् । विगत ८ वर्ष अघिदेखि अधिकांश शिक्षामन्त्रीका आफन्त भर्ती केन्द्र बनेको बोर्डमा १७ वर्षदेखि करार र अस्थायी कर्मचारी छन् ।

    बोर्डका सदस्य सचिव हाबी रहेको बोर्डले कर्मचारीलाई स्थायी गर्ने विषयमा बहस चलाए पनि कार्यन्वयन शून्य छ । तथ्यांकअनुसार बोर्डमा अधिकृतदेखि परीक्षाको गोप्य शाखामा बस्ने अधिकांश कर्मचारी करारका छन् । बोर्डमा १९ जना स्थायी उपसचिव छन् । बाँकी ४२ जना अधिकृतमध्ये अधिकांश करार र अस्थायी दरबन्दीमा काम गरिरहेका छन् । अधिकांश कर्मचारीको उमेर हद कट्न लाग्दासमेत स्थायी हुन सकेका छैनन् ।

    तत्कालीन मन्त्री रामचन्द्र कुशवहाको कार्यकालदेखि आफन्त भर्ना शुरू भएको बोर्डमा अधिकांश कर्मचारी पार्टीका नेताका आफन्त छन् । परिषद्का सदस्य सचिवले आफ्नो जागिर टिकाउनकै लागि मन्त्री र सचिवले भनेको व्यक्तिलाई धमाधम काममा लगाउने प्रवृत्तिले बोर्डका कर्मचारीहरू स्थायी हुन नसकेको बोर्डका एक कर्मचारी बताउँछन् । अघिल्ला सदस्यसचिव रामबहादुर खड्का र नारायण कोइरालाको कार्यकालमा सबैभन्दा धेरै कर्मचारी भर्ना भएका थिए । नेपाल समाचार पत्र दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार