Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसको आक्रमक कारबाही सुस्त बन्दैछः युक्रेन


    बुधबार, फाल्गुन २५ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । किभले  पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको दाबी गरेको छ ।

    रुसी सेनामाथि सशक्त प्रतिकार गरेको बताइरहेका बेला युक्रेनको पछिल्लो भनाई आएको हो । रुसी सेनाले मिसाइल र बम हमलाको सहारा लिएको पनि युक्रेनले जनाएको छ ।

    ‘पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको छ । मुख्यतया नागरिक पूर्वाधारमा मिसाइल र बम हमलाको सहारा लिएको छ ।  युक्रेनको सशस्त्र फौजले एक विज्ञप्तिमा भनेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । 

    रुसले किभ, सुमी, खारकिभ, मारिओपोललगायतका शहरहरुलाई निरन्तर घेरा हालेको पनि युक्रेनी सेनाले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार