Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवादमा परराष्ट्रमन्त्री खड्का : उद्धार गर्ने नेपाली, धन्यबाद पाउने भारत !


    बुधबार, फाल्गुन २५ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लण्डन।  युक्रेन र रुसको युद्धबाट विस्थापितको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले आपत्ति प्रकट गरेको छ ।

    मन्त्री खड्काले सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा युक्रेनमा रुसी आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताएपछि गैरआवासीय नेपाली संघ पोल्याण्डले आलोचना गरेको छ ।

    संघले मंगलबार विज्ञप्ति जारी गर्दै अलपत्र नेपालीको भारत लगायत देशले उद्धार गरी पोल्याण्ड लगायत देशमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भन्ने भनाई आफैँमा प्रमाणविहीन,  हास्यास्पद र लज्जाबोध भएको जनाएको छ । 

    विज्ञप्तिमा पोल्याण्डको गैरआवासीय नेपाली संघले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समेत समन्वयमा युक्रेनमा रहेका १५ जनालाई सुरक्षित रुपमा पोल्याण्ड ल्याएको, २९८ जनाभन्दा धेरै नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाएको,युक्रेनबाट विस्थापित भएका नेपालीलाई सहयोग गर्न टास्क फोर्स गठन गरिएको उल्लेख छ  । संघले एक सय जनाभन्दा बढीलाई आफ्नै व्यवस्थापनमा सहयोग गरिएको जनाएको छ ।

    विज्ञप्तिमा युक्रेनमा अलपत्र नेपालीको उत्थानमा नेपाल सरकारले यथोचित ध्यान नदिएको र नेपाली सस्था र समुदायको प्रयासले उद्धार गरिएका नेपालीलाई छिमेकी देशको मद्दतले भएको भन्ने भनाईले सरकारी संयन्त्र नै नेपाली संस्था र गैरआवासीय नेपाली संघमाथि अविश्वास पैदा  गरेकाे उल्लेख छ।  

    यसअघि गैरआवासीय नपाली संघ र जर्मन, रुसस्थित नेपाली राजदूतहरु रहेको एक उच्चस्तीय समितिमार्फत् नेपालीको उद्धारको थियो । नेपालीको उद्धारका लागि नेपाली संघसंस्था, एनआरएनए, र जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्का सीमा क्षेत्रमा खटिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार