बुटवल । गत स्थानीय तहको निर्वाचनमा लुम्बनी प्रदेशका स्थानीय तहहरूमा नौजना महिलाले पालिका प्रमुखमा उम्मेदवारी दिएका थिए । तर, पुर्वी रूकुमको सिस्ने गाउँपालिकाकी कुमारी बराल गौतमले मात्रै चुनाव जितिन् । बाँकी पालिकाका उम्मेदवार पराजित भए । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन्।
गाउँपालिकाको नेतृत्व गरिरहेकी बरालले साढे चार वर्षेमा नयाँ नयाँ योजना मात्र ल्याएकी छैनन्, आफूलाई अब्बल नेतृत्वकाे रुपमा स्थापित गरेकी छिन्। उनले गत स्थानीय तहको निर्वाचनमा पुरूष प्रतिस्पर्धीलाई हराएर नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाकाे नेतृत्व गरेकी थिइन् । बाँकी १०८ पालिकाको नेतृत्वमा भने पुरूषनै छन् ।
कानुन निर्माणमा पहिलाे
कुमारीले नेतृत्व गरेकाे गाउँपालिकाले सिंगाे प्रदेशमा सबैभन्दा पहिले कानुन निर्माण गरेकाे थियाे । साथै विकास निर्माणका लागि गुरुयोजना बनाएर काम गर्ने पहिलाे पालिका पनि यही थियाे । ‘अहिले पनि महिलाको काम र क्षमतालाई नपत्याउने प्रवृत्ति छ,’ उनले भनिन् । साढे चार वर्ष आफ्ना लागि नयाँ भए पनि क्षमता विकासमा सघाउ पुर्याएको उनको भनाइ छ ।
सिस्ने गाउँपालिकाले कक्षा ६ देखि ८ सम्म स्थानीय पाठ्यक्रम, छोरी बिमा, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, स्वाथ्यकर्मी तयार गर्न निःशुल्क स्वास्थ्य शिक्षा, युद्ध संग्रहालय, सहिद स्मारक पार्क, हिंसापीडित महिलाका लागि अल्पकालिन आवास गृह, कृषि क्षेत्रको विकासका लागि पकेट निर्माण, सडक सन्जाल, दृष्टिविहीन र सुस्त मस्तिष्क भएकाहरूका लागि छात्रावास निर्माण, स्थानीय स्तरमा विद्युत उत्पादन, गाउँपालिकाको समग्र विकासका लागि नीति निर्माण तथा योजना तर्जुमा गरेको छ ।
हिंसामा परेका महिलाका लागि वडा नम्बर ५ मा सेफ हाउस (सुरक्षित आवासगृह) निर्माण गरेको उनले बताइन् । ‘महिलाको क्षमता अभिवृद्धिका लागि सिलाइकटाइ लगायतका तालिम पनि हामीले चलायौं, लोक सेवाको तयारी कक्षा पनि सन्चालन गरिरहेका छौँ,’ उनले भनिन् ।
गत स्थानीय तहको निर्वाचनमा एमालेले पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको थियो । नवलपरासीको सुनवल नगरपालिकाको प्रमुखमा एमालेले विमला अर्याललाई उठाएको थियो भने कपिलवस्तुको बाँणगंगा नगरपालिकाको मेयरमा विमला घिमिरे र मायादेवी गाउँपालिका अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको थियो ।
यस्तै, रोल्पा नगरपालिकाको मेयरमा मीना शर्मा र रूकुमको भूमे गाउँपालिका अध्यक्षमा आशा स्वर्णकारलाई एमालेले उम्मेदवार बनाएको थियो । तर, एमालेले उम्मेदवार बनाएको कुनै पनि महिलाले प्रमुखमा चुनाव जितेनन् । कांग्रेसले भने १०९ स्थानीय तहमध्ये अन्यमा महिलालाई प्रमुख पदमा उम्मेदवार उठाएको थिएन ।
माओवादी केन्द्रले दाङको लमही नगरपालिका मेयरमा द्रौपदा पौडेल, गुल्मीको इस्मा गाउँपालिकाको अध्यक्षमा विमला थापा र तानसेन नगरपालिकाको मेयरमा प्रतिक्षा सिन्जाली मगरलाई उम्मेदवार बनाएको थियो । ती तीनै जना पराजित हुँदा माओवादी केन्द्रबाट सिंगो प्रदेशमा सिस्ने गाउँपालिका अध्यक्षमा महिला उम्मेदवार विजयी भइन् ।
लुम्बिनी प्रदेशका कपिलवस्तुमा तीन जना र बर्दियामा तीन जना महिला वडाध्यक्ष छन् । उनीहरूमध्ये तत्कालिन माओवादी केन्द्रका एक जना, नेपाली कांग्रेसका तीनजना, जनता समाजवादी पार्टीका एक जना र राप्रपाका एक जना छन् ।
बर्दियाको गुलरिया नगरपालिका–७ की अध्यक्ष गीता बस्नेतले महिलाले नेतृत्व गरेका ठाउँमा भ्रष्टाचार र अनियमितता हुँदैन भन्ने कुरालाई आफूले प्रमाणित गरेको बताइन् । पुरूषसँगको प्रतिस्पर्धामा उत्रिएर आफु अध्यक्ष भएसँगै वडाको समग्र विकासका लागि इमान्दारितापूर्वक काम गर्दै आएको उनले बताइन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–९ की वडाअध्यक्ष राधा चौधरीले वडाअध्यक्ष भएर काम गर्न पाउँदा आफूलाई गर्व लागेको बताइन । ‘महिलाहरूलाई प्रमुख भएर काम गर्ने अवसर दिने हो भने पुरूषको नेतृत्वको तुलनामा महिलाको नेतृत्व सफल र उदाहरणीय बन्छ,’ उनले भनिन् । आफ्नो वडामा जिल्लामै पहिलो पटक कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी लागु गरेको उनले बताइन् ।
स्थानीय स्तरमै सेनेटरी प्याडको उत्पादन, पाठेघरको निःशुल्क स्वास्थ्य उपचार, महिला उद्यमशीलता र सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सन्चालन, धर्म संस्कृतिको संरक्षण, योजना र समग्र वडाको विकासका लागि २० वर्षे गुरूयोजना बनाएको उनले बताइन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–१० को उपनिर्वाचनबाट जसपाकी मन्जु मिश्रले वडाअध्यक्षको जिम्मेवारी पाएकी छिन् । वडाअध्यक्ष भएपछि महिलाले केही गर्न सक्दैनन् भन्ने धारणा बदल्न सफल भएको उनले बताइन् । ‘महिलाहरू खुलेर हिँड्न सक्ने अवस्था थिएन, अहिले सहज रूपमा प्रस्तुत भएर अधिकार माग्नेसम्म भएका छन्’ उनले भनिन्, ‘वडामा महिलाको नेतृत्व आएपछि समुदायमा हुने अन्य गतिविधिहरूमा पनि महिलालाई अग्रसर गराउन लागिएको छ ।’
स्थानीय सरकारमा काम गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन् । सडक, सिंचाई र खानेपानी जस्ता वडाका समस्या समाधान गर्दै आफूलाई सफल र सक्षम महिला नेतृको रूपमा स्थापित गर्ने चाहनाअनुसार काम गरेको उनले बताइन् । उनका अनुसार, उनको वडामा पिछडिएका तथा गरिब समुदायका लागि लक्षित कार्यक्रम सन्चालन गरिएको छ ।
यसोधरा गाउँपालिका–३ की वडाअध्यक्ष सरिता त्रिपाठीले लक्षित वर्गलाई मध्यनजर गरेर कार्यक्रम सन्चालन गर्दै आएको बताइन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend