Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १ करोड ५० लाख हुण्डी रकमसहित दुई जना पक्राउ


    सोमबार, फाल्गुन २३ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीले काठमाडौंको कालिमाटीबाट करोडौंको हुण्डी कारोबारीहरुलाई पक्राउ गरेको छ ।

    महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा भारत काठमाडौं ताहचल बस्ने ३२ वर्षीय अमित अग्रवाल र काठमाडौँ कीर्तिपुरका २४ बर्षीय बिक्की खड्की रहेका छन्।

    अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका पाएपछि खटिएकाे प्रहरी टाेलिले आइतबार साँझ अग्रवाल र खड्कीलाई पक्राउ गरेकाे हो ।

    उनीहरुको साथबाट १ करोड ५० लाख नगदसहित ल्यापटप, मोबाइल र बिभिन्न कागजपत्र समेत बरामद गरिएको महाशाखाले जनाएको छ ।
     
    उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग, हरिहरभवन, ललितपुर पठाइएको महाशाखाको भनाइ छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार