Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिल्ला अधिवेशन: कांग्रेस सर्लाहीको मतदान अनिश्चितकालका लागि स्थगित


    सोमबार, फाल्गुन २३ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । कांग्रेस सर्लाहीको नेतृत्व चयनका लागि सोमबार गर्ने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । 

    कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला कार्यसमिति चयनका लागि सोमबार सदरमुकाम मलंगवास्थित पब्लिक मा.वि. मतदान केन्द्रमा हुने भनिएको मतदान अनिश्चितकाल लागि स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए । 

    जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र इतर समूहबाट लक्ष्मण राय यादवको उम्मेदवारी परेको छ । 

    ‘निर्वाचन विशेष परिस्थितिका कारण गराउन नसक्ने अवस्था सिर्जना भएकोले अर्को सूचना प्रकासित नभएसम्मका लागि निर्वाचनको सम्पूर्ण कार्यतालिका स्थगित गरिएको सिंहले जानकारी दिए । 

    मतदान स्थगित भएपछि अहिले मतदान केन्द्र परिसरमा नाराबाजी भइरहेको छ । 

    nc.png.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार