Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नापोलीलाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा उक्लियो


    सोमबार, फाल्गुन २३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

    आइतबार राति नापोली घरेलु मैदानमा भएकाे खेलम एसीले नापाेलीलाई १-० अन्तर गाेलले पराजित गरेकाे हाे । भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे । 

    जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएकाे छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ । 

    पराजित नापोली २८ खेलबाट ५७ अंक सहित  तेस्रो स्थानमा छ ।  राति नै भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० अन्तरले पराजित गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार