Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ताेलामा एक लाख रुपैयाँ नाघ्याे सुनको मूल्य


    आइतबार, फाल्गुन २२ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

    यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ । 

    चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ  । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार