काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् ।
गत पुस १३-१९ मा सम्पन्न आठौं महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधन बिना नै अचानक एमसीसी अनुमोदन गराउने निर्णय लिएपछि यसअघि तय भएका पदाधिकारी, स्थायी कमिटीदेखि केन्द्रीय सदस्यको मनोनयनसम्मका एजेन्डा प्रभावित हुने भएका हुन् ।
‘मोटामोटी रुपमा महाधिवेशनबाट बाँकी रहेका सांगठानिक कार्यविभाजन, स्थानीय तह निर्वाचनका एजेन्डा सुरुदेखि नै तय भएका हुन्,’ केन्द्रीय सदस्य देवप्रसाद गुरुङले न्युज कारखानासँग भने, ‘साथै, अब पछिल्लो समयमा बहसमा आएको एमसीसीका बारेमा पनि पक्कै बहस हुने नै छ, त्यसबारेमा पार्टीभित्र देखा परेका फरकमतका बारेमा स्वभाविक रुपमा छलफल र बहस हुने देखिन्छ ।’ उनका अनुसार महाधिवेशन पछिको सांगठानिक कार्यविभाजन र स्थानीय तह निर्वाचनलाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बैठक टुंग्याउने निधो गरिएको थियो ।
सो विषयमा छलफल गर्नका लागि २ फागुन र ८ फागुनका लागि तय भएको बैठक स्थगित गरिएको थियो । एमसीसीका कारण सत्तारुढ गठबन्धन नै अप्ठयारोमा परेको बेला बोलाईएका दुवै बैठक स्थगित गरी २० फागुनका लागि केन्द्रीय समितिको बैठक तेस्रो पटक आब्हान गरिएको हो ।
तर, महाधिवेशन र संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा एमसीसीको पक्षमा मुख्यतः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई उभ्याएपछि आन्तरिक विवाद ‘विभाजनको तहसम्म’ पुगेको विश्लेषण भइरहेको बेला आजबाट केन्द्रीय कमिटी बैठक बस्दैछ ।
संसदीय दलका नेता प्रचण्डको निर्देशन अस्वीकार गर्दै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्रीद्वय जयपुरी घर्तिमगर र रेखा शर्मासहित यशोदा सुवेदी गुरुङले बैठक बहिस्कार गरेका थिए । प्रतिनिधिसभा बैठकमा उपस्थित भए पनि पूर्वमन्त्री गिरिराजमणी पोखरेल र सांसद अञ्जना बिशंखेले ‘हुन्न’ भन्दै विपक्षमा मत प्रकट गरेपछि माओवादीमा एमसीसी चर्को विवादको विषय बनिरहेको बेला यो बैठक बस्न लागेको हो ।
आजदेखि सुरु हुने बैठकमा नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनका विषयलाई लिएर लिखित रुपमा फरक मत राख्ने भएका छन् । ‘एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णय प्रति आपत्ति जनाउँदै आउनु भएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ,’ श्रेष्ठ निकट केन्द्रिय सदस्य जीवन गौतमले न्युज कारखानासँग भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगमी रणनीति तय हुनेछ ।’
यसैगरी, महरा, गुरुङसहित लिलामणि पोखरेल, लेखनाथ न्यौपानेले पनि बैठकमा लिखित रुपमा नै फरक मत राख्ने छन् । बैठक राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि सुरु हुने माओवादीले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend