काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए ।
‘सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउँछ, यो बिषयमा दुई चार दिनभित्र पार्टीको बैठक बसेर छलफल गर्छौं । सत्ता गठबन्धलाई चुनावसम्मै निरन्तरता दिने नदिनेबारे गठबन्धनमा आबद्ध पार्टीहरूले बेग्लाबेग्लै छलफल गरेर मात्रै सत्ता गठबन्धनले निर्णय लिने आजको गठबन्धनको बैठकमा सहमति भएको छ,’ यादवले न्युज कारखानासँग भने ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभा बैठकबाट अनुमोदन भएपछि सत्ता गठबन्धन बलियो भएको ठानिएको छ । एमसीसी कार्यान्वयनमा लैजान गठबन्धनमा आवद्ध दलहरू एकै ठाउँमा उभिने निर्णय गरेका छन् ।
तर एमसीसी प्रतिनिधिसभा बैठकबाट व्याख्यात्मक अनुमोदन गरेकोप्रति माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र खटपट भएको छ । पार्टीभित्रको खटपट हटाएर समान धारणा तय गरेपछि मात्रै सत्ता गठबन्धनलाई निरन्तरता दिने नदिनेबारे निर्णय लिने गठबन्धनले रणनीति बनाएको छ ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, संसदीय दलका मुख्य सचेतक देव गुरुङ, नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेललगायतका नेताहरूले संसदबाट व्याख्यात्मक अनुमोदनसहित एमसीसी अनुमोदन भएकोप्रति असन्तुष्टि जनाएका छन् । एमसीसीको विपक्षमा रहेका कारण पार्टीभित्रै छुट्टै छलफल गरिरहेका छन् ।
असन्तुष्ट नेताहरूले पार्टीभित्र संघर्ष गर्ने कि नयाँ पार्टी खोलेर जाने भन्नेबारे छलफल गरिरहेका छन् । एकीकृत समाजवादीमा पनि सम्मानित नेता झलनाथ खनाल एमसीसीको विपक्षमा छन् । एमसीसीको कारण सत्ता गठबन्नमा आबद्ध दलहरू नै एक नभएकाले पहिला दलभित्रको तिक्तता हटाएर सत्ता गठबन्धनबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ । सत्तारुढ नेपाली कांग्रेसमा भने एमसीसीको बिषयलाई लिएर विवाद देखिएको छैन ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend