Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाका अध्यक्ष लिङ्देनद्वारा रेखा थापासहित १४ जना केन्द्रीय सदस्य मनोनीत


    बुधबार, फाल्गुन १८ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्रीमा पराजित भएकी रेखा थापासहित पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रूपन्देहीकी स्वाती थापा पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्।

    यस्तै कपिलबस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंकी सावित्रा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्।

    राप्रपाको आज पदाधिकारी तथा केन्द्रीय समिति बैठक पनि छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार