Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • अरुको देशलाई गाली नगरी आफ्नो देशलाई माया गरेर देशभक्त बनौं: बाबुराम भट्टराई


    बुधबार, फाल्गुन १८ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अरुको मुलुकलाई गाली नगरी आफ्नो देशलाई माया गरेर देशभक्त बन्न आग्रह गरेका छन् ।

    पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्य मुलुकलाई गाली गरेर राष्ट्रभक्तिको कुनै महत्त्व नहुने उल्लेख गरेका हुन् ।

    हालै प्रतिनिधि सभाबाट पारित अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी ठीक कि बेठीक भन्ने बहस भइरहेका बेला भट्टराईले अब यसमा माथापच्ची गर्नुको साटो देशलाई तेस्रो विश्वबाट पहिलोमा पुर्याउने विमर्श थाल्नु उपयुक्त हुने बताएका छन् ।

    भट्टराईले लेखेका छन्,’अब एमसीसीबारे माथापच्ची गर्नुसट्टा कसरी आन्तरिक र बाह्य पुॅजीरप्रविधि परिचालन गरेर दुई दशकसम्म दुई अंकको बृद्धिदर हासिल गर्ने र नेपाललाई तेश्रो विश्वबाट पहिलोमा पुर्याउने भन्ने विमर्श थाल्नु उपयुक्त हुनेछ । अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन आफ्नो देशलाई माया गर्ने देशभक्त बनौं !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार