Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीलाई हराउँदै माओवादी केन्द्र सुदूरपश्चिम अध्यक्ष बने उत्सव


    मंगलबार, फाल्गुन १७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी। नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् । कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी ‘सन्तोष’लाई हराएका हुन् ।

    चाैधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकाेमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।

    उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर  विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने  सहसचिव नन्दबहादुर साउँद ‘राजेन्द्र’  रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए ।

    कोषाध्यक्षमा कमलकुमारी शाह (शाही)  विजयी भएकी छन् ।

    माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनकाे तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएकाे हाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार