Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी कार्यान्वयनको ढोका खुल्यो


    मंगलबार, फाल्गुन १७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गतको परियोजना कार्यान्वयनको ढोका खुलेको छ।

    तर यो परियोजनाको पूर्वाधार निर्माण सुरु हुन अझै १० महिना लाग्ने भएको छ। एमसिसी परियोजना कार्यान्वयनका ६ वटा पूर्वसर्तमध्ये पाँचवटा पूरा भइसकेका छन्। परियोजनाअन्तर्गत मुआब्जा र जग्गाप्राप्तिसम्बन्धी सर्त भने अझैसम्म पूरा भएको छैन।

    मिलेनियम च्यालेन्ज अकान्उट (एमसिए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट संघीय संसद्बाट अनुमोदन भएसँगै एमसिसी परियोजना कार्यान्वयनको ढोका खुलेको बताउँछन्। ‘यो कम्प्याक्ट कार्यान्वयन गर्न ६ वटा पूर्वसर्त राखिएका थिए। तीमध्ये सबैभन्दा ठूलो सर्त प्रतिनिधिसभाबाट अनुमोदन गर्नु थियो,’ उनले भने, ‘अनुमोदन भएसँगै अब एमसिसी परियोजना कार्यान्वयनको ढोका खुलेको छ।’  

    कार्यकारी निर्देशक बिष्ट एमसिसी कम्प्याक्टअन्तर्गतका परियोजना सुरु हुन भने १० महिनाभन्दा बढी समय लाग्न सक्ने बताउँछन्। ‘संसद्बाट एमसिसी पास भएसँगै अब परियोजना निर्माणमा जाने मिति तोक्ने काम बाँकी छ,’ उनले भने, ‘परियोजनाअन्तर्गत जग्गा अधिग्रहण, जग्गाप्राप्ति र अन्तर्राष्ट्रिय टेन्डर जारी गर्नेलगायतका प्राविधिक काम ८ देखि १० महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनासहित अघि बढ्ने तयारी गरिरहेका छौं।’  

    उनले आयोजना प्रभावित क्षेत्रमा पर्ने रुख गणना, कटानीको स्वीकृति, अन्तर्राष्ट्रिय स्तरको बोलपत्र जारी गरेर ठेकेदार कम्पनीको छनोटलगायतका काम बाँकी रहेको बताए। ‘एमसिसी फेडेक्स कन्ट्र्याक्टअनुसार ठेक्का लगाइनेछ,’ उनले भने, ‘यो ठेक्का लगाउँदा कम्तीमा पनि १२० देखि १८० दिनको समयसीमा राखेर बोलपत्र आह्वान हुन्छ।’ नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार